दफा २८
संघले पालना गर्नुपर्ने शर्त
संघले देहाय बमोजिमका शर्तहरु पालना गर्नु पर्नेछः-

(क) परिषद्को स्वीकृति लिई नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता

वा खेलकुद सम्बन्धी अन्तर्राष्ट्रिय सभा वा सम्मेलन आयोजना गर्ने,
(ख) संघको विधानको अधीनमा रही खेलकुद सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, गराउने,

(ग) आफ्नो आम्दानी र खर्चको हिसाबकिताब प्रचलित कानून बमोजिमको ढाँचामा राख्ने,

(घ) संघको वार्षिक आय व्ययको नियमित रुपमा लेखापरीक्षण गराउने र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने तथा सोको प्रतिलिपि सहित परिषद्लाई जानकारी गराउने,

(ङ) संघ आफैँले वर्षमा कम्तीमा एउटा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गराउनु पर्ने,

(च) मन्त्रालय तथा परिषद्बाट लेखा तथा श्रेस्ताको जाँचबुझ गर्दा सो सम्बन्धी अभिलेख उपलब्ध गराउने,

(छ) संघको विधान बमोजिम संघका पदाधिकारीको आवधिक निर्वाचन गर्ने,

(ज) अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्तिबाट सहयोग प्राप्त गर्दा परिषद्को सिफारिसमा मन्त्रालय मार्फत्‌ नेपाल सरकारको अर्थमन्त्रालयको सहमति लिने,

(झ) परिषद्को स्वीकृति लिई अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा भाग लिन सदस्य वा खेलाडीलाई पठाउने,

(ज) परिषद्लाई जानकारी दिई अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद सम्बन्धी तालिम, सभा, गोष्ठी, सेमिनार वा सम्मेलनमा भाग लिन सदस्य वा खेलाडीलाई पठाउने ।

तर नेपाल सरकारलाई थप आर्थिक व्ययभार पर्ने भएमा मन्त्रालयको

स्वीकृति लिनु पर्नेछ ।

(ट) कुनै विदेशी संघ संस्थाहरुसँग खेलकुद सम्बन्धी विषयमा समझदारी गर्दा मन्त्रालयको सहमति लिनु पर्ने,

(ठ) खेलसँग सम्बन्धित संघ, महासंघ वा ओलम्पिक कमिटीबाट प्राप्त सहयोग परिषद्लाई जानकारी गराउने,

(ड) मन्त्रालय, परिषद्‌ तथा समितिले समय समयमा दिएको निर्देशन वा निर्धारण गरेका शर्तको पालना गर्ने ।